

उपेन्द्र यादवका पालामा मोलमोलाई गरेर सरुवा भएका हाकिमहरु तनावमा
एक महिनासम्म सरुवाको तयारी नगरेका मन्त्री ढकालले अब भने कर्मचारी सरुवा गर्ने सोच अघि सारेपछि कर्मचारीहरुबीच हल्लीखल्ली शुरु भएको छ । श्रोतका अनुसार मन्त्रालयमा प्रशासन महाशाखाका सहसचिव शिवराम न्यौपाने, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। रोशन पोखरेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटा, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छा, ट्रमा सेन्टरका निर्देशक डा प्रमोदकुमार यादव, उपचारात्मक सेवा महाशाखामा रहेका डा तारा पोखरेल लगायतका केही प्रमुखहरुको विषयमा मन्त्री ढकालसमक्ष सिकायत पुगेको छ । कतिपय अनियमिततामा संलग्न भएको र कतिपय कार्यसम्पादनमा कमजोर भएकोले उनीहरुको सरुवा हुने सम्भावना प्रवल देखिन्छ ।
-
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यसअघि स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवका पालामा मोलमोलाई गरेर सरुवा भएका हाकिमहरु अहिले सरुवा हुने त्रासले तनावमा परेका छन् । भानुभक्त ढकाल मन्त्री भएर आएपछि स्वास्थ्यमा काम गर्ने कर्मचारीहरुमा जिम्मेवारी हेरफेर हुने चर्चा व्यापक बनेको छ ।
स्वास्थ्यमन्त्री ढकालले कर्मचारीहरुलाई राजनीतिक दृष्टिकाणबाट नहेरी काम र क्षमताका आधारमा जिम्मेवारी दिने बताएपछि यसअघि मोटो रकम खर्च गरेर मालदार ठाउँमा सरुवा भएका हाकिमहरु थमौतीका लागि दौडधूप गरिरहेका छन् । स्वास्थ्यमन्त्री ढकालले अहिले कर्मचारीहरुको क्षमता र दक्षता अध्ययन गरिरहेको बताइन्छ । स्वास्थ्यमन्त्रालयमा यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट भनेर चिनिएका कर्मचारीहरु पेलाइमा परेका थिए । उनीहरुले सरुवामा न्याय नभएपनि अन्याय हुनुहुन्न भन्दै आएका छन् ।
एक महिनासम्म सरुवाको तयारी नगरेका मन्त्री ढकालले अब भने कर्मचारी सरुवा गर्ने सोच अघि सारेपछि कर्मचारीहरुबीच हल्लीखल्ली शुरु भएको छ । श्रोतका अनुसार मन्त्रालयमा प्रशासन महाशाखाका सहसचिव शिवराम न्यौपाने, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटा, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छा, ट्रमा सेन्टरका निर्देशक डा प्रमोदकुमार यादव, उपचारात्मक सेवा महाशाखामा रहेका डा तारा पोखरेल लगायतका केही प्रमुखहरुको विषयमा मन्त्री ढकालसमक्ष सिकायत पुगेको छ । कतिपय अनियमिततामा संलग्न भएको र कतिपय कार्यसम्पादनमा कमजोर भएकोले उनीहरुको सरुवा हुने सम्भावना प्रवल देखिन्छ ।
यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका डा गुणराज लोहनीलाई तत्कालीन स्वास्थ्यमन्त्री यादवले लोहनीलाई हटाएर पोखरेललाई महानिर्देशक बनाएका थिए । पोखरेललाई महानिर्देशक बनाउदा यादवले शुभलाभ गरेको चर्चा त्यतिबेला स्वास्थ्य मन्त्रालय परिसरमा व्यापक बनेको थियो । त्यस्तै महाशाखा र विभागीय प्रमुखहरु नियुक्तिमा पनि त्यसबेला आर्थिक चलखेल भएको बताईन्छ । हाल कोशी अञ्चल अस्पताल पुगेका डा। लोहनी विशिष्ट श्रेणीमा बढुवा हुने लाइनमा छन् । कतिपयले लोहनीलाई फेरी स्वास्थ्य विभागको महानिर्देशक बनाउन मन्त्री ढकाललाई सुझाव दिइरहेका छन् ।
त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेकलाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा, केन्द्रका प्रमुख डा। सागरकुमार राजभण्डारीलाई कुनै एक अस्पतालमा, वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीलाई इपिडिमियोलोजीमा र वीरमा मन्त्री निकटका व्यक्तिलाई निर्देशक बनाउने तयारी पनि भईरहेको श्रोतको दाबी छ ।
उता राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा।सन्तोष पौडेलको चर्चा छ । ट्रमा सेन्टरमा नै पदस्थापन भएका ११ औं तहका डा। मदनकुमार उपाध्याय पनि काठमाडौंमा नै आउन चाहिरहेका छन् ।
News Desk 0 response बुधबार, पुस १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


