

-
बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्र्याक्टर वितरण गर्नुभएको हो ।
ट्र्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरेको बताउनुभयो । सो क्रममा किसानलाई सामग्रीको उचित प्रयोग गरी आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिकीकरणसँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोधसमेत गर्नुभयो ।
पाँच जनाको समूह बनाएर वितरण गरिएको ट्र्याक्टरले १०० कृषक परिवारलाई समेट्ने वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । ५० प्रतिशत अनुदानमा कृषकले रु २० हजार ५०० तिर्ने गरी उपलब्ध गराइएको उहाँको भनाइ छ । किसानको समूह गठन गरी ती ट्र्याक्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नं ९ ले यसअघि पनि २७ वटा हाते ट्र्याक्टर वितरण गरेको थियो भने नगरपालिकाको–६ ले पनि यसअघि हाते ट्र्याक्टर वितरण गरिसकेको छ । त्यस्तै नगरपालिकाको समन्वयमा वडा नं ४ मा पनि हाते ट्र्याक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, पुस १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



