

-
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता भएको छ । भेटमा दुई शीर्ष नेता उच्चस्तरीय सैन्य सञ्चार फेरि सुरु गर्न सहमत भएको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । दुई शक्ति राष्ट्रका राष्ट्र प्रमुखहरुको सान फ्रान्सिस्को नजिकै भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको प्रतिक्रिया दिएका छन् ।
भेटमा सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको बताएको बीबीसीले उल्लेख गरेको छ । चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
अमेरिकालाई ताइवानलाई हतियार दिन बन्द गर्न र ताइवान स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न वास्तविक कदम चाल्न आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । यस वर्षको शुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि सम्बन्ध थप चिसिएको थियो ।
अमेरिकी युद्ध विमानले साउथ क्यारोलाइनाको तटीय क्षेत्रमा त्यसलाई खसालिदिएको थियो । अघिल्लो वर्ष तत्कालीन अमेरिकी सभामुख नान्सी पेलोसीले पनि ताइवानको भ्रमण गर्नुभएको थियो । त्यसको परिणामस्वरूप चीनले दुई देशका सेनाहरूबीचको सम्बन्ध टुटाएको थियो ।
News Desk 0 response बिहिबार, कार्तिक ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


