

-
२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वभर अर्थतन्त्रमा समस्या देखिएका बेला पनि नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एसिया स्तरीय बैंकिङ सम्मेलनमा बोल्दै उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी आकर्षक रहेको बताए ।
‘अन्तर्राष्ट्रिय रूपमा नै अर्थतन्त्रले एक पछि अर्को समस्या झेलिरहेको छ, जसबाट नेपाल पनि बच्न सकेको छैन, तर यस्तो अवस्थामा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवल सम्भावना छ’, उनले भने ।
भारतले १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने प्रतिवद्धता गरेपछि जलविद्युत क्षेत्रको लगानी आकर्षक बनेको उनको भनाइ छ
विश्व बैंक, एशियाली विकास बैंक जस्ता दातृ निकाय नेपालमा ठूला जलविद्युत परियोजनामा लगानी गर्न तयार रहेको पनि अर्थमन्त्री महतले बताए ।
रसिया युक्रेन युद्ध, कसिलो मौद्रिक नीति र महंगीका कारण नेपालको अर्थतन्त्र कमजोर भएको उनको भनाइ छ । ‘उच्च ब्याजदरले ग्रोथमा संकुचन मात्रै भएको छैन, लगानीकर्ताको कन्फिडेन्ट पनि कमजोर भएको छ’, अर्थमन्त्री महतले भने ।
गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले अर्थतन्त्रको पुनर्स्थापनामा प्रशंसनीय काम गरेको बताए । कोरोना भाइरस महामारी देखि नै बैंकिङ व्यवसायले प्रभावित भइरहेको भन्दै उनले
उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेकाले एसियाका बैंकहरुले यस विषयमा सोच्नुपर्ने धारणा राखे ।‘केही समयअघिको रसिया युक्रेन युद्धको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुँदा नेपाल पनि यसको प्रभाव प¥यो, कोभिडपछि विश्व बैंकिङ नै चुनौतीपूर्ण बन्दै जानु र पछिल्लो समय इजरायल र हमासको युद्धको प्रभावमा विश्व अर्थतन्त्र खस्किँदा नेपालका बैंकमा थप एनपीएल बढ्यो तर यस्तो समस्यामा विश्वका अन्य देशहरुमा एनपीएल ५ प्रतिशतमाथि हुँदा नेपालको ३ प्रतिशतको हाराहारीमा हुनु भनेको धेरै होइन’, उनले भने ।
गभर्नर अधिकारीले भूकम्पपछि लगातार ८ प्रतिशत नजिकको आर्थिक वृद्धिदर हासिल भएकामा कोभिडपछि अर्थतन्त्र प्रभावित बनेको बताए ।
उनले भने नेपालको जलविद्युतमा लगानीको ठूलो सम्भावना रहेको बताए । ‘नेपालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ भने भारतले पनि आफ्नो लक्ष्य लिएर अगाडि बढेको छ, यस्तोमा नेपालको जलविद्युतमा बजार राम्रो छ’, उनले भने, ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पनि नेपालमा लगानीको सम्भावना भएपनि स्रोतको अभाव रहेको बताए ।
News Desk 0 response बिहिबार, कार्तिक २३, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


