• काठमाडौं ।

    सरकारले पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी नेपाललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारकी प्रवक्ता शर्माले बताइन् । त्यस्तै मन्त्रिपरिषद बैठकले ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका पनि पारित गरेको छ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको छ ।