

-
काठमाडौं : बजारमा चिनी अभाव भएपछि धादिङका मानिस चिनी किन्न काठमाडौं आएका छन् ।
नेपालीको मुख्य चाड दशैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाडौंको कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनमा आएका हुन् । नेपालीले धेरै मात्रामा चिनी प्रयोग गर्ने दशैँ, तिहार र छठको समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए। उनले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापर्बाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गरे ।
भट्टराईले धादिङका पसलमा चिनी नपाएको र पाए पनि किलोको एक सय ६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङदेखि दुई किलो चिनी किन्न काठमाडौं आउनुपरेको गुनासो गरे ।
चिनी किन्न सहुलियत पसलमा आएकी सावित्रा उप्रेतीले दुई घण्टा लाइन लाग्नुपरेको बताए । सरकारले सञ्चालन गरेको सहुलियत पसलभन्दा बाहिरका पसलमा चिनी नपाएको भन्दै दुई किलो लिन भए पनि लाइनमा बसेको उनले बताए । हरेक वर्ष चाडबाडमा सास्ती बेहोर्दै आए पनि सरकारको ध्यान नगएको उनले गुनासो छ ।
चिनी किन्नका लागि कीर्तिपुरबाट कालीमाटीको सहुलियत पसलमा आउनुभएकी पवित्रा थापाको पनि उस्तै गुनासो छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताए । उनले दुई किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई केजीका दरले उपलब्ध गराउने बताए । उनले सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्तालाई खाली हात नपठाउने बताए ।
निर्देशक झाले चिनी अभाव हुने विषयमा गएको जेठमा सरकारसँग आग्रह गरे पनि सरकारले तत्कालीन समयमा स्वीकृति नदिँदा अहिले समस्या आएको बताए । उनले सरकारले समयमै स्वीकृति दिएको भए अहिले बजारमा अभाव हुँदैन थियो भने । चिनी खरिद प्रक्रिया अगाडि बढाए पनि चाडपर्वमा ल्याउन नसकिएको उनले बताए ।
साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ ।
News Desk 0 response बिहिबार, कार्तिक २, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


