

-
काठमाडौं : सरकारले इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टीनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १८ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ ।
आज (मङ्गलवार) उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै भोलि (बुधवार) कैलालीको गौरीफण्टा नाका आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदले बताए । आज नेपाल आउन लागेकामध्ये चार जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा इजरायल गएका नेपाली रहेका छन् ।
सरकारले यसअघि नेपाल एअरलाइन्सको जहाज पठाएर दुई सय ५४ जना नेपालीको उद्धार गरेको थियो । पढाइ र रोजगारीका लागि इजरायलमा झन्डै पाँच हजार जना नेपाली रहेकामा पाँच सय तीन जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका छन् ।
यसैबीच इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव केही दिनभित्रमा नेपाल पठाइने भएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर दुई/तीन दिनमा नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ ।
गएको शनिवार हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये पाँच जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ ।
News Desk 0 response मङ्लबार, अशोज ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


