• काठमाडौं ।

    सिन्धुपाल्चोकबाट अमेरिका गएर बसोवास गरिरहेका नेपालीहरुले अहिलेसम्म नेपालका २२ बिपन्न बिद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाईरहेको छ । ती मध्ये केहीले उच्च हासिल गरिसकेका छन् । अभिभावक नभएका तथा आर्थिक बिपन्नमा रहेका बालबालिकालाई उनीहरुले स्तरीय निजी बिद्यालयमा आवाशीयरुपमा अध्ययनको व्यवस्था मिलाईरहेका छन् । सिन्धु युएसए वेलफेयर नामको संस्था जन्माएर उनीहरुले बिपन्न बिद्यार्थीलाई अध्ययनको मेसो मिलाएका हुन् । सन् २०१० मा स्थापना भएको यो संस्थामा सिन्धुपाल्चोकबाट अमेरिका पुगेका धेरै मानिस आवद्ध छन् । उनीहरुले खर्च कटाएर दैनिकरुपमा खुत्रुकेमा पैसा जम्मा गरेर पनि नेपालका बिद्यार्थीलाई पठाउने गरेका छन् । खुत्रुके प्रत्येक एकर्षमा फुटाउने गरिएको छ । त्यसोत प्रत्येक दशैं तिहारमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम गरेर पनि आर्थिक संकलन गरिने अध्यक्ष खड्काको भनाई छ ।


    १३ बर्ष अघि यो संस्थाको अवधारणा बंशलाल तामाङले ल्याएका थिए । उनले तामाङ नै संस्थापक अध्यक्ष हुन् । अहिले सो संस्थाको अध्यक्ष भोटेकोशी गाउँपालिकाबाट अमेरिका पुगेका सूर्य खड्का छन् । नेपालमा हुँदा पनि सामाजिक क्षेत्रमा कृयाशिल खड्काले त्यहाँ पनि सेवाको कामलाई निरन्तरता दिएका छन् । त्यसोत सिन्धुपाल्चोकबाट अमेरिका पुगेकाहरुले त्यहाँ एउटा भलिवल र फुटवल टीम पनि तयार गरेका छन् । ती टीमले अमेकिका बिभिन्न शहरमा हुने प्रतियोगितामा भाग पनि लिने गरेको छ । केही खेलहरुमा बिजयी भएर पुरस्कार पनि पाएको छ ।

    त्यो पुरस्कार बापतको रकम पनि सिन्धुपाल्चोकका बिद्यार्थीलाई अध्ययनका लागि पठाउने गरेका अध्यक्ष खड्का बताउँछन् ।

    गत बर्षदेखि संस्थाले सिन्धुपाल्चोक जिल्ला बाट माध्यामिक शिक्षा परिषद ( एसईई ) परिक्षामा सामेल भएर उत्कृष्ट अंक ल्याउने एक छात्रा र छात्रलाई पुरस्कारको व्यवस्था पनि गर्न थालेको छ । बिद्यार्थीलाई हौसला बढाउनका लागि एकलाख रुपैयाँको पुरस्कार दिन थालिएको संस्थापक अध्यक्ष बंशलाल तामाङ बताउँछन् ।

    गतबर्ष दुई बिद्यार्थीलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो । यस बर्ष सर्वोत्कृष्ट नतिजा ल्याउने पाँचजना बिद्यार्थी विवेक श्रेष्ठ,आश्विन तामाङ,संस्कृति चालिसे,खुशी श्रेष्ठ,सजना बस्नेतलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको छ । संस्थाले यस अघि उत्कृष्ट नतिजा ल्याउने एक छात्र र छात्रालाई मात्र सम्मान गरेको थियो । तर, यस पटक छात्रतर्फ ३.९५ दुई जना र छात्रातर्फ ३.०९ तीनजनाले प्राप्त गरेका कारण पाँच जनालाई सम्मान गरिएको हो ।

    यस बर्ष एक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बेदवहादुर श्रेष्ठ तथा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमवहादुर बस्नेत ( राजकुमार ) ले उत्कृष्ट बिद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । त्यसको साथै संस्थाको पहलमा आवशीय रुपमा अध्ययन गरिरहेका बिद्यार्थीलाई दशैको अवसरमा पोशाक पनि उपलब्ध गराईएको छ । प्रति बिद्यार्थी पाँच हजारका दरले हुने गरी पोशाकको व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
    आफू जन्मेको ठाउँ छोडेर अन्यत्र पुगेपनि जन्मस्थानको सेवा गर्ने प्रमुख उद्धेश्य रहेको संस्थाले आवद्ध सदस्यहरुको लागि परेको समस्या पनि सहयोग गर्दै आएको छ ।

    संस्थाको सहयोगमा अध्ययन गरेका बिद्यार्थीहरु

    १, तीर्थ तामाङ ( कक्षा १२ पास )
    २, बिनोद तामाङ ( कक्षा १२ पास )
    ३, बिन्दा बिक ( कक्षा १२ पास )
    ४, दावा शेर्पा ए ( कक्षा १२ पास )
    ५, दावा शेर्पा बी ( कक्षा १२ अध्ययनरत )
    ६ , सुबोध तामाङ ( कक्षा ११ )
    ७, सुनिता तामाङ ( कक्षा ११ )
    ८, सुदीप तामाङ
    ९,सन्दीप मोक्तान
    १०,सुमन माझी
    ११, रोजिना शेर्पा
    १२, सुजन थामी
    १३,बर्षा अधिकारी
    १४,सरोज थामी
    १५,सागर विक
    १६, मेनुका तामाङ
    १७,सोनाम तामाङ
    १८,गंगा नेपाली
    १९,भिजन पराजुली
    २० रितु तामाङ
    २१,सुमन अधिकारी
    २२, अभय थामी

    बिद्यार्थीलाई छात्रबृत्ति रकम प्रदान गर्नेहरु

    १, सोनाम लामा
    २, सुष्मा कार्की
    ३, शसीकला लामा
    ४, दावा लोभा ह्योल्मो
    ५ चिनियालाल श्रेष्ठ
    ६, अनु राई
    ७, राधिका तामाङ
    ८, लोप्साङठेले सालका
    ९, रामचन्द्र श्रेष्ठ
    १०, सन्ध्या गुरुङ प्रधान
    ११, स्व टेसेनटाशी शेर्पा
    १२, स्व नोर्वूछिरिङ शेर्पा
    १३, मोना शर्मा
    १४ कृष्ण तिमल्सिना
    १५,नोर्बू शेर्पा
    १६,सिईबिएस बाह्रविसे
    १७,क्षमादेवी ग्रुप
    १८, एम ए एक्स एक्स
    १९, सेभनटिन ब्रदर्श