• काठमाडौं : घटस्थापना शुरु भएसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको भिड बढको छ ।

    आजदेखि धेरैजसो विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जानेको घुइँचो लागेको हो । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक २५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिन थालेको बताए ।

    यस्तै, दशैँका लागि अहिलेसम्म ६० हजार यात्रुले बसको अग्रिम टिकट लिएका लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताउनुभयो । यात्रुले यसपालि पनि अग्रिम टिकट लिन सास्ती परेको गुनासो गरिरहेका छन् । सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि गएको २६ गते देशैभरका सार्वजनिक गाडीमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको दाबी छ ।

    ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । यो सहायता कक्षमा यात्रुले यात्राका क्रममा आफू ठगीमा वा अफ्ठ्यारो अवस्थामा परे गुनासो टिपाउन सक्ने छन् । यस्तै, बस चालक तथा सहचालकले पनि आफ्ना कुरा राख्न सक्ने छन् ।

    sf7df8f}F, @& c;f]h M 3/ hfg a;kfs{ k’u]sf gful/s b;}F dgfpg 3/ hfg uf8L 5’6\g] ;dosf] k|tLIffdf sf7df8f}F uf]u+a’l:yt gofF a;kfs{sf] ofq’ k|tLIffnodf a;]sf gful/s . tl:a/ M xl//fd e]6’jfn÷/f;;