

-
इजरायलको आक्रमण र कठोर नाकाबन्दीका कारण गाजाका अस्पतालहरूमा अत्यावश्यकीय सेवासमेत बन्द हुने अवस्थामा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका अस्पतालहरूमा बिजुली, पानी र अत्यावश्यकीय औषधिको अभाव हुन थालेको बताएको बीबीसीले जनाएको छ ।
रेडक्रसले बिजुली र पानीविना गाजाका अस्पतालहरू शवगृहमा परिणत हुने जोखिम रहेको चेतावनी दिएको छ । गाजाको एकमात्र ठूलो ‘पावर प्लान्ट’ मा हिजो इन्धन सकिएको छ । इजरायलले गाजामा खाना, पानी र इन्धन लगायतका सबै वस्तु ठप्प पारेको छ ।
भीषण हवाई हमलाका कारण गाजामा सग्ला भवन देख्न मुस्किल छ । कैयौँ डाक्टर मारिएका छन् भने अस्पतालका भवन ध्वस्त भएका छन् । इजरायलको नाकाबन्दीका कारण नवजात शिशु र बिरामीहरूलाई अक्सिजन दिन नसकिएको, मिर्गौलाको डायलासिस रोकिएको र एक्स–रे सेवा बन्द हुने अवस्थामा पुगेको आईसीआरसीका निर्देशक फब्रिजियो कार्बोनीले बताए ।
इजरायलले हमासले अपहरण गरेका एक सय ५० जना बन्धकलाई रिहा नगरेसम्म गाजामा बिजुली, आधारभूत सेवा र मानवीय सहायतालाई अनुमति नदिने वाचा गरेको छ ।
अघिल्लो शनिवार हमासले इजरायलमा गरेको आक्रमणका कारण १२ सय जनाको ज्यान गएको छ । बदलामा इजरायलले गाजामा हमला गर्दा १३ सय जनाभन्दा धेरैको ज्यान गएको छ । झन्डै दुई हजार जना हमासका लडाकु मारिएका इजरायलको दाबी छ ।
News Desk 0 response बिहिबार, अशोज २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


