

-

काठमाडौँ, २५ असोज : विश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ ।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको आज भएको भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले लगानीको प्रतिफल प्राप्त गरिरहेकाले कोरियाली कम्पनीलाई पनि नेपालमा लगानीको उपयुक्त अवसर भएको बताउँदै पुँजी परिचालन गर्न आग्रह गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ । “नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आइटिसी इण्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि मुनाफा आर्जन गरिरहेका छन्”, मन्त्री महतले कोरियाली उपप्रधानमन्त्रीलाई भन्नुभयो, “हामीहरुले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो योजना छ । कोरियाली लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी आतुर छौँ ।” नेपालमा व्यापार तथा लगानीको वातावरणमा निरन्तर सुधार भइरहेकाले कोरियाली लगानीकर्तालाई झन्झट नहुने आश्वस्त पार्दै भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको जानकारी दिनुभयो । उहाँले जलविद्युत् उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन क्षेत्रमा लगानी गरे त्यसले राम्रो प्रतिफल दिने बताउनुभयो । अर्थ मन्त्रालयका अनुसार नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको तर कमजोर भौतिक पूर्वाधारले समस्या भएकाले कोरिया सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । कोरियाली उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफू तयार रहेको बताउँदै केही कोरियाली लगानीमा दोहोरो करसम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गर्नुभयो । मन्त्री महतले दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियाली लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोरियाका उपप्रधानमन्त्री नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री महतले १२ हजार नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा कोरिया सरकारको सराहना गर्नुभयो ।
नेपालले जलविद्युत् परियोजना निर्माणमा प्रगति गरे पनि कमजोर प्रसारण लाइनले जलविद्युत् क्षेत्रबाट अपेक्षित लाभ लिन नसकेकाले प्रसारण लाइन निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो ।
News Desk 0 response बिहिबार, अशोज २५, २०८०कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री महतले नेपाल वायुसेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गर्नुभयो । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायुसेवा निगमलाई पनि सिधा उडानको अनुमति दिनुपर्नेमा मन्त्री महतले जोड दिनुभएको अर्थमन्त्रालयले जनाएको छ

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


