

-
रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री केन्द्र तकसेराबाट चामल बिक्री हुँदै आएकामा यो वर्ष थप चार ठाउँमा खाद्यको डिपो स्थापना गरेर चामल बिक्री गरिने भएको हो ।

News Desk 0 response बिहिबार, अशोज २५, २०८०“रुकुमपूर्व हिमाली जिल्ला भएका कारण धान कम उत्पादन हुन्छ । यहाँ चामलको माग निकै छ । गत वर्षमात्र पहिलो पटक जिल्लामा शाखा स्थापना भएकामा कार्यालयको मागेको कोटाभन्दा पनि बढी चामल उपभोक्तालाई बिक्री गरेका थियौँ”, रुकुमकोटस्थित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले भन्नुभयो । पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोट, भुमे गाउँपालिका–२ खाबाङबगर, वडा नं– ९ चुनबाङ र सिस्ने गाउँपालिका–१ पाखागाउँमा स्थापना हुने नयाँ डिपोका लागि पनि चामलको कोटा निर्धारण गरिएको निमित्त कार्यालय प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार मैकोटमा स्थापना हुने डिपोमा एक हजार क्विन्टल, खाबाङबगर, चुनबाङ र सिस्नेको पाखागाउँमा स्थापना हुने डिपोमा पाँच÷पाँच सयका दरले कोटा निर्धारण गरिएको छ । नयाँ डिपोका लागि जिल्लामा ३० हजार क्विन्टल चामल आउने भएको छ । त्यस्तै जिल्लामा शाखा स्थापना भएसँगै गत आर्थिक वर्षमा दुई हजार आठ सय क्विन्टल चामल बिक्री गरिएकोे थियो । तकसेरा बिक्री केन्द्र र शाखा कार्यालय रुकुमकोटबाट दुई हजार आठ सय क्विन्टल चामल बिक्री भएको हो । चालु आर्थिक वर्षमा पनि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउने पक्का भइसकेको छ । नयाँ थप हुने चार वटा डिपोबाहेक रुकुमकोट शाखा र तकसेरा बिक्री केन्द्रका लागि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउन लागेको हो । तुलसीपुर र भैरहवाबाट रुकुमकोट शाखाका लागि सात सय ५० र भैरहवाबाट तकसेरा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल जिल्लामा आउने भएको छ । चामल ल्याउन तीन फरकफरक ठेकेदार कम्पनीले ठेक्का पाएको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । अहिले पनि कार्यालयमा दुई सय ८० क्विन्टल चामल मौज्दात रहेको र दसँै, तिहार र छठ पर्वका लागि स्थापना गरिएको सुपथ मूल्य पसलका लागि पनि पाँच सय क्विन्टल चामल रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


