• काठमाडौं : इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । 

    सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोकको घोषणा गरेको हो।

    नेपाल आउन चाहने सबैलाई उद्धार गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

    मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।(यसअघि समाचारमा मंगलबार बिदा दिइएको भन्ने विषय उल्लेख भएकाले सच्याइएको छ)