• १७ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ ।

    विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

    भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।

    बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् ।

    निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ । यसले उडानमा प्रभाव परेको हो ।