

-

मकवानपुर ।
बागमती प्रदेश सभाको आज अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सोमबार साँझ बसेको प्रदेश सभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले हिजै साँझ बैठक स्थगित गरी आज २ बजेका लागि सारिएको थियो ।
हिजै साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले आज वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार आजको सट्टा बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताए ।
हिजै साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश चिट्ठा विधेयकसम्बन्धी पुनः विचार गरियोस् भनी प्रदेशसभाको बैठकमा प्रस्ताव टेबुल गरेलगत्तै प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरिरहेको थियो ।
News Desk 0 response मङ्लबार, अशोज १६, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


