• काठमाडौं : नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

    कोशीमा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भए। खतिवडाले ५ सय १२ मत ल्याउँदा ढकालले ४ सय ३९ मत ल्याए ।

    उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए । सचिवमा राजकुमार भण्डारी ५ सय २४ मत ल्याएर विजयी हुँदा शैलेश लामाले ३ सय ८१ मत प्राप्त गरे ।

    उपसचिवमा जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका अर्का उम्मेदवार खेम नेपालीले ३ सय ९८ मत ल्याए ।