

-
काठमाडौं : भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।
नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको हो । सन्दीप लामिछाने भने यो टोलीका साथमा पाकिस्तान गएका छैनन् ।
नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ ।
पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।
त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।
नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।
हिजो भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले यो प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने बताए ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।
News Desk 0 response बुधबार, भदौ ६, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


