• काठमाडौं : कपनमा डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँग काठमाडौं महानगरपालिकाले कपनमा डोजर चलाएको हो ।

    नापी कार्यालय चाबहिलमा शुक्रबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौं महानगरपालिका वडा  नम्बर ६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा छलफल भएको थियो । सो क्रममा वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ड नगरपालिका १० र १२ का वडा अध्यक्षबीच  धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ ।

    यस्तै धोबिखोला करिडोर, पाथीभरा बस्ती,  समता टोल जाने बाटो र साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरपालिकाले पुल निर्माण गर्ने सहमति भएको छ ।

    यस्तै साततल्ले चोकदेखि माथि बूडानीलकण्ड नगरपालिका १० र १२ तथा काठमाडौं महानगरपालिका  ६ मा नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी  रेखांकन छुट्याउने सहमति भएको छ ।  

    सोही सहमतिपछि महानगरपालिकाले कपनस्थित खहरे खोलामा डोजर चलाएको छ ।