• काठमाडौं : एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिरी जमानीमा हिरासतबाट छुटेकी छिन् ।

    परिवारका आफन्तको जमानीमा सुब्बालाई बिहीबार साधारण तारेखमा थुनामुक्त गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

    २ साउनमा विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन विभागले बरामद गरेको थियो ।

    सुन आयात गर्ने कम्पनीका प्रतिनिधिले भन्सारबाट सामान छुटाउन ३ जना सरकारी अनुमति प्राप्त भन्सार एजेन्टको साहायता लिएका थिए । तिनै मध्येका एक सुब्बा पनि थिइन् ।

    रूक्मिनाका परिवारले उनी क्यान्सर रोगबाट पीडित रहेको र उनको उपचार जारी रहेकाले उपचारका लागि सहयोग गरिदिन विभागसँग आग्रह गर्दै आइरहेका थिए ।