

-
दैलेख : दैलेखका ११ वटै पालिकामा फैलिएको ‘लम्पी स्किन’ रोगका कारण पाँच सय ९४ पशुचौपाया मरेका र ७४ हजार सात सय ५३ पशुचौपाया सङ्क्रमित भएका पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ ।
मर्ने पशुचौपायमा सबै गाईगोरु रहेका सङ्क्रमित हुनेमा भैँसी पनि रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले जानकारी दिए । सङ्क्रमितमध्ये १९ हजार नौ सय ६४ पशुचौपाया निको भएका उनले जानकारी दिए ।
लम्पी स्किन सङ्क्रमणबाट पशुहरूमा फोको उठ्ने, पाक्ने र किरा पर्ने गरेको पाइएको बताउँदै पशु सेवा केन्द्र र पालिकाका पशु सेवा प्राविधिकहरू परिचालन गरी प्राथमिक उपचार प्रयास गरिएको विष्टले बताए । प्राथमिक उपचारपछि पनि निको नभएका पशुलाई थप उपचारका लागि पशु अस्पतालमा पठाइएको छ ।
जिल्लामा प्राप्त भएको एक हजार डोज खोपमध्ये दुल्लू र आठबीस नगरपालिका, ठाँटीकाँध, महाबु र भगवतीमाई गाउँपालिका गरी पाँच वटा पालिकामा चार सय पैतीस पशुलाई खोप लगाएको पशु सेवा कार्यालयले बताएको छ ।
पशु मरेका र पशु सङ्क्रमित भएका किसानहरूलाई क्षतिपूर्ति र उपचारमा सरकारी निकायबाट सन्तोषप्रद तरिकाबाट तत्परता नपाइएको राष्ट्रिय कृषक समूह महासङ्घका कर्णाली प्रदेश सदस्य तेजबहादुर थापाको गुनासो छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार जिल्लामा किसानहरुले एक लाख २७ हजार छ सय २१ वटा गाईगोरु र एक लाख एक हजार चार सय तीन वटा भैँसी पालेका छन् ।
News Desk 0 response बुधबार, साउन १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


