• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाका सडक निर्माणमा अनियमितता गर्ने सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    दार्चुलाको शैल्यशिखर नगरपालिकामा सडक निर्माणमा अनियमितता गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाए । अख्तियारले सुरेन्द्रबहादुर विष्ट, सन्तोष पाण्डेय, राजेन्द्रसिंह धामी, दीपकसिंह विष्ट, जनकराज जोशी, धनञ्जय जोशी र जानकी बडू जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । यी सातजनाबाट अख्तियारले जरिवाना र बिगो गरी ३ करोड १२ लाख ३० हजार ६७० रुपैयाँ जरिवाना र कैद माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    दार्चुलाको शैल्यशिखर नगरपालिका ६, पनेबाज मौरीभिटादेखि वडा नम्बर ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इस्टिमेट भन्दा कडा चट्टानको भाग बढी देखाएर वास्तविकभन्दा बढी भुक्तानी भएको भन्ने अख्तियारमा उजुरी परेको थियो । अख्तियारले यसमा अनुसन्धान गर्दा शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले अस्वभाविक रुपमा बढी मूल्यांकन गरी नापी किताबमा चढाएर हस्ताक्षर गरेको फेला पारेको थियो । विष्टले २६ लाख दुई हजार ५५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी दिइएको पाइएको थियो । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुर गरेको देखिँदा विष्टलाई २६ लाख दुई हजार ५५६ रुपैयाँ ११ पैसा र बिगो कायम गरी मुद्दा दर्ता गराएको छ । यसैगरी विष्टलाई कैद र जरिवाना गरी सोही दफाबमोजिम बिगो रकम असुलउपर हुनसमेत अख्तियारले माग दाबी गरेको छ ।

    यसैगरी शैल्यशिखर नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्यांकन गरी नापी किताबमा हस्ताक्षर गरेका थिए । पाण्डेयले झुट्टा बिल भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन बनाएर ११ लाख ३० हजार २७२ रुपैयाँ ५७ पैसा बढी भुक्तानी दिएको अख्तियारको दाबी छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुर गरेको देखिँदा पाण्डेयलाई ११ लाख ३० हजार २७२ रुपैयाँ ५७ पैसा नै बिगो कायम गरी कैद र जरिवाना माग दाबी गरेको छ ।

    यस्तै शैल्यशिखर नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामीले सोही सडक खन्ने क्रममा बढी मूल्यांकन गरी नापी किताबमा चढाएर हस्ताक्षरसहित सहमति जनाएका थिए । उनले झुटा बिल भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन बनाएर १४ लाख ७२ हजार २८३ रुपैयाँ ४३ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुर गरेकाले अख्तियारले सोहीअनुसार बिगो जरिवाना र कैदको माग दाबी गरिएको छ ।

    अख्तियारले शैल्यशिखर नगरपालिकाका सब(इन्जिनियर दीपकसिंह विष्टलाई २६ लाख २ हजार ५५६ रुपैयाँ ११ पैसा भ्रष्टाचार गरेको र सोहीबमोजिम बिगो जरिवाना तथा कैदको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले पनि काम गरेकोभन्दा बढी रकम भुक्तानी गरेको अख्तियारको अनुसन्धानले देखिएको छ ।

    यस्तै अख्तियारले पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समिति अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीले वास्तविक तथ्य बंग्याएर बढी मूल्यांकन गरेर भुक्तानी गर्न लगाएकाले दोषी ठहर गरेको छ । यी तीनैजनालाई अख्तियारले २६ लाख २ हजार ५५६ रुपैयाँ ११ पैसा भ्रष्टाचार गरेको र सोहीबमोजिम बिगो जरिवाना तथा कैदको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।