• काठमाण्डाै । काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–४ हिमचुलीमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । आज बिहान बा १० च ३५४६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा सिन्धुलीका २० वर्षीय जीप चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय अनिल तामाङकाे ज्यान गएकाे प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । 

    काठमाण्डाैबाट चित्लाङ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भइ सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार गाडी धकेल्नका लागि तीन जना गाडीबाट ओर्लिएका थिए।