• काठमाडौं : सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

    खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा सर्वसाधारणको घरमा गोलाबारी भएको र कम्तीमा १६ जना नागरिकको मृत्यु भइसकेको नेइवरहुड समूहलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

    ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

    सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ सुरु भएको थियो ।

    सुडानमा दुई पक्षबीच सुरु भएको लडाइँको सय दिन बितेको छ ।