

-
कम्बोडियामा विश्वसनीय प्रतिपक्षविनानै आमचुनाव भएको छ । त्यहाँको राष्ट्रिय सभाका लागि १ सय २५ जना सांसद चयन गर्न हरेक पाँच वर्षमा चुनाव हुनेगर्छ । यो चुनावमा सत्ताधारी दलविरुद्ध विश्वसनीय प्रतिपक्ष प्रतिस्पर्धामा थिएन ।
सत्तारुढबाहेक अन्य १७ वटा दल सहभागी भए पनि ती सबै साना र नयाँ वा सत्तारूढ दलसँग गठबन्धन गरेका पार्टी हुन् । वर्तमान प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी ९सीपीपी० ले हिजो भएको चुनावमा सहज जित हासिल गरेको दाबी समेत गरेको छ ।
सीपीपीका प्रवक्ता सोक आइसानले मतपरिणाम आफूहरुको पक्षमा रहेको बताउनुभयो । गएको मे महिनामा एक मात्र प्रतिपक्षी दल क्यान्डललाइटलाई सेन नेतृत्वको सरकारले चुनावमा भाग लिन अयोग्य घोषित गरेको थियो ।
आलोचकहरूले यो चुनावलाई ‘देखावटी’ भनेर टिप्पणी गरेका छन् । अमेरिकालगायत पश्चिम देशहरुले पनि मतदानको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका छन् । मतपरिणामको आधिकारिक नतिजा घोषणा हुन बाँकी नै छ ।
राष्ट्रिय निर्वाचन समितिले देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ तारिखमा सार्वजनिक गर्ने जनाएको छ । यसअघि सन् २०१८ मा भएको चुनावमा पनि सीपीपीले राष्ट्रिय सभाका सबै १ सय २५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि कम्बोडियामा शासन गर्दै आएको छ ।
यसै वर्षको सुरुमा प्रमुख प्रतिपक्षी नेता केम सोखालाई देशद्रोहको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको थियो ।
News Desk 0 response सोमवार, साउन ८, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


