

-
काठमाडौं : नेपाल सरकारले २६ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एकैपटक २६ जना राजपत्रांकित प्रथम श्रेणीका २६ जना अधिकृतको सरूवा गरेको जानकारी दिएको हो ।
सरूवा भएका सहसिचवहरूमध्ये एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि रहेका छन् ।
यसैगरी, सरुवा हुनेमा निजामती किताबखानाका सहसचिव टोकराज पाण्डेय पनि परेका छन् । उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । नुरहरी खतिवडा आदिवासी जनजाति आयोगको सचिवमा सरुवा भएका छन् । संघीय मामिलाका प्रदीपराज अधिकारीलाई भने सन्चार मन्त्रालयमा पठाइएको छ ।
त्यस्तै ध्रुवराज पण्डित भूमि व्यवस्था मन्त्रालयमा, जाजरकोटको सीडीओमा रहेका रामकुमार महतो संघीय मामिलामा र आस्मान तामाङ अख्तियारमा सरुवा भएका छन् ।
यसैगरी, तीर्थराज भट्टराई बागमती प्रदेशमा सरुवा हुँदा ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालयमा सरुवा भएका छन् । चक्रवर्ती कष्ठको शहरी विकास मन्त्रालयमा सुरूवा गरिएको छ । यमलाल भुसाल राष्ट्रिय योजनामा र सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीमा,अमृत श्रेष्ठलाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरूवा भएका छन्।
रामकृष्ण पुडासैनीलाई मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाइएको छ भने इन्दु घिमिरे हुलाक महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गराइएको छ ।
रामकृष्ण लामिछाने महिला बालबालिकामा, रमेशकुमार सिंहको सिक्टा सिँचाइबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा र मोहनराज चापागाईँ कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा भएका हुन् ।
त्यस्तै श्यामकृष्ण थापा पोखरा महानगरपालिकाको प्रशासकीय अधिकृतमा सरुवा भएका छन् भने वीरेन्द्र देव भारती पोखराबाट ललितपुर महानगरपालिकामा सरुवा भएका छन् ।
ललितपुर महानगरका गणेश अर्याल गृहमन्त्रालयमा सरुवा हुँदा बागमतीको सामाजिक विकास मन्त्रालयमा भिष्मकुमार भुसालको सरुवा भएको छ । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशक रहेका नारायण प्रसाद भट्टराइलाई गृह मन्त्रालय वा अन्तर्गतमा सरूवा गरेको छ ।
शंकर प्रसाद पण्डित भौतिक पुर्वाधार विकास मन्त्रालयबाट सहरी विकास मन्त्रालयमा सरूवा भएका छन् भने निराजन घिमिरे लुम्बिनीको मुख्यमन्त्री कार्यालय र नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा पठाइएको हो ।
त्यस्तै, नवीनराज सिंह कोशी प्रदेशको खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयबाट सिंहदरबारस्थित ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा सरुवा गरिएको छ । ऊर्जा आयोगका अरुण कुमार झा भने सिंहदरबारबाट कोशी प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालयमा पठाइएको छ ।
News Desk 0 response आइतवार, साउन ७, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


