

-
कास्की । हाप्किडो खेललाई परिचित गराउँदै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउने लक्ष्यसहित पोखरामा ‘प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सम्मेलन’ गरिने भएको छ ।
नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घको आयोजनामा आगामी माघ ११ र १२ गते हुने सम्मेलनमा नेपालसहित करीब २० देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६०० को सहभागिता रहने साउथ एशियन हाप्किडो महासङ्घका समेत अध्यक्ष रहनुभएका सङ्घका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
सो सेमिनारमा अमेरिका, अष्ट्रिया, रसिया, दक्षिण कोरियाका ग्राण्डमास्टर तथा नेपालका मास्टर सङ्घका अध्यक्ष घर्ती र आठौँ साफमा स्वर्ण पदक विजेता बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । दक्षिण कोरियाबाट विकास भएको हाप्किडो मार्सल आर्टस्को ‘मिक्स’ खेल भएको तथा आत्मरक्षा र सामाजिक अनुशासनका लागि समेत खेल महत्वपूर्ण मानिने सङ्घका केन्द्रीय सदस्य सुवर्ण बिसीले बताउनुभयो ।
विसं २०७३ मा पहिलोपटक राष्ट्रिय खेलकूद परिषद्मा हाप्किडो सङ्घ दर्ता भएको बताउँदै अध्यक्ष घर्तीमगरले सोही वर्ष नै राष्ट्रिय सम्मेलन तथा तथा विसंं २०७४÷७५ मा जिल्ला प्रतियोगिता, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । सङ्घले गत कात्तिक १ र २ गते रोल्पामा शहीद स्मृति मार्शल आर्टस् हाप्किडो राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
देशभर करीब १० हजारको हाराहारीमा हाप्किडोका खेलाडी रहेका बताइन्छ । पोखरामा आयोजना गरिने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन भूमिका खेल्ने बताइन्छ । सम्मेलन सम्पन्न गर्न रु ४० देखि ५० लाख हाराहारीमा खर्च लाग्ने आयोजकको अनुमान छ । रासस
News Desk 0 response शुक्रबार, पुस ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



