

-
काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई जितको लागि १८६ रनको लक्ष्य दिएको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएका काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रनको योगफल बनायो ।
काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेर पहिलो शतक आफ्नो नाममा लेखाउन सफल भए । उनले ३७ बलमै शतक प्रहार गरे । यो पीपीएलकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान छन् । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरे । शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए ।
बलिङतर्फ धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा छ भने धनगढी दोस्रो जितको खोजीमा छ । यसअघि दुई खेलमा काठमाडौँ पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो ।
यस्तै सोमबार भएको पहिलो खेलमा धनगढीले विराटनगरलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको थियो । एक जित निकालेको धनगढी २ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ अङ्क तालिकाको पुछारमा रहेको छ । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



