

-
कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एक÷एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एक÷एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताउनुभएको छ ।
संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ‘१६औँ प्याब्सन स्पोर्ट्स मिट–२०७६’ को उद्घाटन कार्यक्रममा आज पोखरामा उहाँले देशको समृद्धिका लागि खेल क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भएकाले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) सभ्य र भव्य तरिकाले सम्पन्न भएको चर्चा गर्दै मन्त्री विश्वकर्माले सागमा प्राप्त उपलब्धिले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन आएको उल्लेख गर्नुभयो । विद्यालयतहदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि शिक्षण संस्थाहरुले शिक्षासँगै खेलकूदलाई समेत महत्व दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।
शारीरिक र मानसिक स्वास्थ्यसँगै खेलबाट इतिहास रचेर भविष्य स्थापित गर्न सकिने चर्चा गर्दै उहाँले भन्नुभयो, “खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य छैन भनेर पछुतो मान्ने दिन समाप्त भयो । अब खेलकूदमा नाम र दाम दुवै छ । खेलाडीको भविष्य उज्ज्वल छ ।”
पोखरा रङ्गशालामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले आगामी वर्ष पोखरामा नै आयोजना तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक पौडीपोखरी लगायतका पूर्वाधार निर्माणका कामसमेत यसै वर्ष शुरु गरिने जानकारी दिनुभयो ।
स्पोर्ट्स मिट उद्घाटनका अवसरमा सम्पन्न मार्चपासमा रेन्बो एकेडेमी प्रथम, नोबेल एकेडेमी द्वितीय, ढुङ्गेसाँघु बोर्डिङ स्कुल तृतीय तथा कञ्चनजङ्घा बोर्डिङ स्कुल, पोखरा लर्नस, सोसियल पब्लिक र हिमाञ्चल बोर्डिङले सान्त्वना स्थान प्राप्त गरे । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई मन्त्री विश्वकर्माले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
शिक्षासँगै विद्यार्थीहरुलाई खेलकूदमा उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको स्पोर्ट्स मिटमा प्याब्सनअन्तर्गतका ९६ विद्यालयका पाँच हजार १०० विद्यार्थीले विभिन्न स्पर्धामा सहभागिता जनाएको प्याब्सन कास्कीका अध्यक्ष पदमप्रसाद शर्माले जानकारी दिनुभयो । स्पोर्ट्स मिट पुस ५ गतेसम्म सञ्चालन हुनेछ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



