

-
काठमाडौं : मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ ।
चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो।
मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो । जुन फेब्रुअरी २०२२ को तुलनामा दोब्बरभन्दा बढी हो।
यो आँकडाले दुई देशबीचको आर्थिक सम्बन्धको व्यापक प्रगाढतालाई प्रतिबिम्बित गरेको छ । युक्रेनमा मस्कोको आक्रमणपछि मे महिनामा रूसको चीनसँगको समग्र व्यापार अहिलेसम्मको उच्च स्तरमा पुगेको छ ।
गत वर्षको अन्त्यमा ऊर्जाको मागमा कटौती गरेको कडा शून्य–कोभिड उपायहरूको अन्त्यपछि चीनको पुन : उत्थान अर्थव्यवस्थाको सन्दर्भमा पनि यी घटनाहरू देखा परेको हुनसक्ने अनुमानहरू पनि गरिएका छन्।
गत मार्चमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा व्यापारलाई २०० अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत महिना भनेका थिए, ‘यो वर्ष चीनमा रूसी ऊर्जा आपूर्ति ४० प्रतिशतले वृद्धि हुनेछ।’ सन् २०२२ मा युक्रेनमा मस्कोले गरेको आक्रमणलाई लिएर पश्चिमा मुलुकले गरेको कारबाहीका कारण रूसको ग्यास निर्यातमा गिरावट आएको थियो ।
यसै महिना रूसको अर्थतन्त्रका बारेमा बोल्दै पुटिनले गत वर्षको दोस्रो त्रैमासिक अकल्पनीय प्रतिबन्धपछि ‘सबैभन्दा कठिन’ भएको बताएका थिए ।
युरोपले अन्य ऊर्जा आपूर्तिकर्ताहरूको खोजी गर्दा मस्कोले चीनसहित वैकल्पिक बजारको खोजी गर्दै एशियाली मुलुकसँगको ब्यापारलाई महत्व दिएको छ । चीन यस पहिले नै साइबेरिया पाइपलाइनद्वारा जोडिएको छ।
राष्ट्रपति सीसँगको वार्तापछि पुटिनले नयाँ ‘पावर अफ साइबेरिया–२’ परियोजनाका लागि ‘सबै सम्झौता भएको’ बताएका थिए।
त्यो पाइपलाइनले वार्षिक रूपमा चीनमा ५० अर्ब क्युबिक मिटर अर्थात् लगभग रूस देखि जर्मनी सम्म परित्यक्त ‘नोर्ड स्ट्रीम–२’ परियोजनाको कूल क्षमताको बराबर प्राकृतिक ग्याँसको परिवहनको सुविधा प्रदान गर्न सक्छ ।
मस्को नयाँ पाइपलाइन अगाडि बढ्नेमा विश्वस्त छ, तर बेइजिङले अहिलेसम्म स्पष्ट प्रतिबद्धतालाई बेवास्ता गरेको छ ।
चीन र रूसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथिको आक्रमणपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ हुँदै गएको छ ।
बेइजिङले युद्धमा आफू तटस्थ पार्टी भएको दाबी गरे पनि मस्कोको निन्दा गर्न अस्वीकार गरेको र रूससँगको सम्बन्धका कारण पश्चिमा देशहरूले चीनको आलोचना गर्दै आएका छन् ।
विश्लेषकहरूका अनुसार रूससँगको सम्बन्धमा चीनको प्रभाव उच्च छ । मस्कोको अन्तर्राष्ट्रिय अलगाव गहिरिँदै जाँदा चीनको सम्बन्ध बढ्दै गएको छ ।
गत फेब्रुअरीमा बेइजिङले एक पत्र जारी गर्दै द्वन्द्वको ‘राजनीतिक समाधान’ का लागि आह्वान गरेको थियो, जसले गर्दा पश्चिमा देशहरूले रूसले कब्जा गरेको अधिकांश भूभाग आफ्नो कब्जामा राख्न सक्ने बताएका थिए ।
मार्चमा मस्कोमा भएको शिखर सम्मेलनमा सीले पुटिनलाई बेइजिङ भ्रमणको निम्तो दिएका थिए र दुई नेताले सम्बन्ध ‘नयाँ युगमा प्रवेश गरेको’ घोषणा गरेका थिए ।
गत महिना युक्रेन आक्रमणपछि रूसी अधिकारीको चीन भ्रमणका क्रममा प्रधानमन्त्री मिखाइल मिशुस्तिनसँगको भेटमा चिनियाँ नेताले मस्कोको ‘प्रमुख स्वार्थ’मा आफ्नो ‘दृढ समर्थन’ व्यक्त गरेका थिए । -रासस
News Desk 0 response मङ्लबार, असार ५, २०८०

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



