

-
काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा ७ विकेटले पराजित भएकाे छ ।
नेपालले दिएकाे १ सय ३६ रनकाे सामान्य लक्ष्य स्कटल्यान्डले २९ ओभरमा ३ विकेट गुमाएर भेटायाे । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ५९ र रिची बेरिङ्टनले ४१ रन बनाए । नेपालका गुलशन झाले २ र सोमपाल कामीले १ विकेट लिए ।
यसअघि दक्षिण अफ्रिकाकाे प्रिटाेरियामा टस हारेर ब्याटिङ गरेकाे नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएकाे हाे । नेपालका कुशल मल्लले ३७ र आसिफ शेखले २८ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन ज्याक जार्विसले ३/३ विकेट लिए ।
नेपालले दाेस्राे अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।
नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ‘ए’ का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।
News Desk 0 response बिहिबार, जेष्ठ २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


