• काठमाडौं : फ्रान्सेली फरवार्ड करिम बेन्जिमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

    ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए ।

    बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन्।

    उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् ।

    रियलमा ४ सय ५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् ।

    अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी पनि साउदी क्लबमा अनुबन्ध हुन सक्ने चर्चा छ ।