

-
काठमाण्डौ : साउदी अरबले तेल उत्पादनमा थप कटौती गर्ने घोषणा गरेको छ।
साउदीले आउँदो जुलाईदेखि कम्तीमा एक महिनाका लागि प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ। प्रमुख तेल उत्पादक देशहरुको समूह ओपेक प्लसको प्रयासको एक हिस्साका रुपमा साउदीले यस्तो घोषणा गरेको बताइएको छ।
सरकारी स्वामित्वको साउदी प्रेस एजेन्सीका अनुसार साउदीले जुलाईदेखि १ महिनाका लागि कच्चा तेल उत्पादनमा प्रतिदिन १० लाख ब्यारेलको अतिरिक्त स्वेच्छिक कटौती लागू गर्ने छ। ‘यो कटौतीलाई अझै बढ्न सक्छ’, साउदी प्रेस एजेन्सीले भनेको छ।
यसअघि आइतबार भियनामा ओपेक सदस्य राष्ट्र, रुस र अन्य साना तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसको बैठक बसेको थियो। बैठकमा साउदीले प्रतिदिन ५ लाख ब्यारेल उत्पादन कटौतीलाई सन् २०२४ सम्म लम्ब्याउने सहमति गरेको थियो।
यसैबीच रुसले पनि आगामी वर्षको अन्त्यसम्म प्रतिदिन ५ लाख ब्यारेल उत्पादन कटौतीलाई निरन्तरता दिने जनाएको छ।
रोयटर्सको रिपोर्टका अनुसार ओपेक प्लसका अन्य सदस्यले पनि अर्को वर्षको अन्त्यसम्म तेल उत्पादन कटौती गर्न जारी राख्नेछन्।
साउदीको ऊर्जा मन्त्रालयले देशको अतिरिक्त स्वेच्छिक कटौती तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यका साथ ओपेक प्लस देशहरुले गरेका सावधानीका प्रयासहरुलाई बलियो बनाउन रहेको जनाएको छ।
ओपेक प्लसले विश्वको कच्चा तेलको लगभग ४० प्रतिशत उत्पादन गर्दछ। ओपेक प्लसले गत अप्रिलको सुरुआतमा सदस्य देशहरुले प्रतिदिन १.६६ मिलियन ब्यारेलले उत्पादन कटौती गर्ने घोषणा गरेको थियो। यो घोषणापछि तेलको मूल्य उछाल आएको थियो। अप्रिल अन्त्यतिर तेलको मूल्य उच्च स्तरमा पुगेको छथियो। तर, केही सातापछि तेलको मूल्यमा गिरावट आएको थियो।
आज सोमबार प्रतिब्यारेलमा कच्चा तेलको डब्ल्यूटीआई फ्युचर्स १.३७ प्रतिशत वा ०.९७ डलरले बढेर ७२.७१ डलर र ब्रेन्ट आयल १.१७ प्रतिशत वा ०.८९ डलर बढेर ७७.०२ डलरमा कारोबार भइरहेको छ। –एजेन्सी
News Desk 0 response सोमवार, जेष्ठ २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



