

-
काठमाडौं– काठमाडौं–सरकारमा सहभागी हुन तयार भएको संघीय समाजवादी फोरमले आफुले परराष्ट्र मन्त्रालयको माग नगरेको स्पष्ट पारेको छ । मंगलवारमात्रै फोरम नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने निर्णय लिएको थियो ।
यसअघि फोरमले आफु सरकारमा सहभागी बन्दा परराष्ट्रसहित तीन मन्त्रालय मागेको समाचार बाहिर आएका थिए ।
बामगठबन्धनसँगको वार्तामा आफुहरुले परराष्ट्र मन्त्रालय मागेको नभई बरु उनीहरुले लिन आग्रह गरेको फोरमको भनाई छ । तर, फोरमले परराष्ट्र मन्त्रालय आफ्नो लागि रोजाईको नभएको बताए ।
फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सत्तारुढ दलले आफुहरुलाई परराष्ट्र मन्त्रालय लिन आग्रह गरेको बताए ।
उनले सत्तारुढको परराष्ट्र मन्त्रालयको प्रस्ताव अस्वीकार गरिसकेको भन्दै उक्त मन्त्रालयबाहेकका तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको जनाए ।
‘हामीले परराष्ट्र बाहेकका तीन मन्त्रालय मागेका हौँ, तर फोरमले परराष्ट्र माग्यो भनेर समाचार आइरन्छन्, तर बास्तविकता त्यस्तो होइन’ नेता श्रेष्ठले रातोपाटीसँग भने ।
फोरम उपाध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्मको सहमतिमा सत्तारुढ दल फोरमलाई तीन मन्त्रालय दिन तयार भएका छन् ।
कुनकुन मन्त्रालय भन्नेबारे भने छलफल हुनै बाँकी छ ।
तर, राजपा पनि सरकारमा जाने अवस्था आए फोरमले पाउने मन्त्रालय दुईवटा मात्रै हुनेछन् ।
पछिल्लो पटक प्रधानमन्त्री ओलीले राजपालाई समेत सरकारमा ल्याउने पहल थालेका छन् । त्यसका लागि ओलीले राजपा नेताहरुसँग पनि छलफल गरिसकेका छन् ।
फोरमले समेत राजपालाई समेत सरकारमा ल्याउन सत्तारुढलाई आग्रह गरेको नेता श्रेष्ठले बताए ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०७४

सम्बन्धित शीर्षकहरु
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
बिहिबार, भदौ १८, २०८३
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला नाकामा बढ्यो चाप, थप जनशक्ति पठाउने तयारी
बिहिबार, भदौ १८, २०८३-
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३
-
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३



