

-
-नारायण सिटौला
विद्या प्रशस्यते लोकै : विद्या सर्वत्र गौरव ।
विध्या लभते सर्व विद्वान सर्वत्र पूज्येत ।।
शिक्षा मानिसको नैशर्गिक अधिकार हो अनि उन्नत राष्ट्र निर्माणको लागि सवैभन्दा महत्त्वपूर्ण कुरा । जुन देशमा शिक्षालाई उच्च प्राथमिकतामा राखिन्छ ती देशहरु विकाशको अनुपम नमुनामा दर्ज छन । नेपालको वर्तमान परिस्थितिलाइ हेर्ने हो भने अत्यन्तै कहाली लाग्दो अवस्था छ । प्रत्येक वर्ष लाखौंको संख्यामा उच्च शिक्षा हाशील गर्न विद्यार्थीहरु विदेशीने गरेका छन । यो उनीहरुको बाध्यता हो । मैले विगत २९ वर्षदेखि लगातार शिक्षण पेसामा आफुलाई समर्पित गरेको छु । अनि विगत डेढ दशकदेखि एक प्रतिष्ठित कलेजको प्राचार्यको रूपमा कार्य गर्दै आइरहेको छु । एक दशक अघि कक्षा १२ मा उतिर्ण संख्याको करिब ५ देखि १० प्रतिशत विद्यार्थीहरु Recommendation letter को लागि आउने गर्थे । मेरो जवाफ हुन्थ्यो कि किन विदेश जाने । यहि बसेर विश्वविद्यालय अध्यन गर्ने सल्लाह दिने गर्दथे । पछिल्ला वर्षहरुमा विद्यार्थीहरु बाहिरिने संख्या अतिनै तिब्र गतिमा वृद्धि भइरहेको अवस्था छ । पछिल्लो आंकडा हेर्ने हो भने करिब ४५% १२ कक्षा उतिर्ण विद्यार्थीहरु Recommendation letter लिन आइरहेका छन् । एजुसन्जाल डट कम अनि शिक्षा मन्त्रालयको record हेर्ने हो भने २०७९ सालमा मात्र ११७५६३ जना विद्यार्थी विदेश अध्यन गर्न लागेछन् । हाम्रो देशको दुर्भाग्य भनौ यस्ता अब्बल दर्जाका विद्यार्थीहरु बाहिरिनु सम्पुर्ण समाज अनि सिङ्गो राज्यकै लागी दु:खद परिस्थिति हो ।
हाम्रो देशका वर्तमान शिक्षामन्त्रीले जेष्ठ १ गते पत्रकारहरुका विच रिबन काटेर भन्नुभयो अब विद्यार्थीहरुले दु:ख पाउने छैनन् । उहाँको नारा थियो कि अब हामीले “paperless, cashless and faceless” को सुरुवात गरेका छौ । अनि मन्त्रालयका उच्च पदाधिकारीहरु ताली परर । वा ! शिक्षा मन्त्री ज्यू तपाइले त शिक्षा क्षेत्रमा छलाङ नै मार्नु भयो । स्यावास । मन्त्री हुन् त यस्तो पो !
मलाई लागेको थियो वर्तमान शिक्षा मन्त्रीले समय अनुकूल शिक्षामा सुधार गरी आफ्ना विद्यार्थीलाइ यहि देशमा उच्च शिक्षा अध्यन गराइ अरबौ पैसा विदेशिन बाट बचाउनु हुन्छ भनेर । उता शिक्षा मन्त्रालय गर्वका साथ भन्छ, “एक लाख सत्र हजार पाँच सय त्रिसट्ठी विद्यार्थीबाट २९ करोड राजस्व प्राप्त गर्यौ भनेर ।” दुर्भाग्य ! अब तपाई आफै हिसाब गर्नुहोस् प्रति विद्यार्थी औसत १७ लाखका दरले प्रति वर्ष अरबौ हैन खरबौ नेपाली रुपैयाँ बाहिरिने गर्दछ । के यसले हाम्रो देशको भविष्यमा नकारात्मक असर पार्दैन ?
एउटा विद्यार्थी कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यन गर्न औसत ५ लाख रुपैयाँ भन्दा बढी अभिभावक तथा राज्यको लगानी हुन्छ । यो विकरल अवस्था निम्त्याउने कारणहरु के के हुन् अनि को को जिम्मेवार छन् ?
पहिलो कारण :
राजनीतिज्ञ अर्थात् नेतृत्व वर्ग । नेपालका कुनै पनि दलका शिर्षस्थ नेतृत्व वर्गले नेपालको शिक्षा नितिमा परिवर्तन गर्न कुनै पनि शैक्षिक बहस नगर्नु । आफ्ना सन्तानहरुलाइ युरोप अनि अमेरिका का विश्वविद्यालयमा पढाउने तर सर्वसाधारणहरुलाइ आफ्ना भात्रृ संगठनमा झोले, अरौटे, भरौटे बनाइ सधैं आफ्नो स्वार्थ सिद्ध गर्न उत्प्रेरित गराइ अल्झाइ रहनु ।
दोस्रो कारण :
विद्यार्थी संघ, संगठनहरु – हाम्रा विद्यार्थी संघ , संगठनहरु आफ्ना माउ पार्टीहरुका नेताहरुको स्वार्थ सिद्धीको लागि मात्र काम गर्ने नकि विद्यार्थी हितको लागि । विद्यार्थीहरुलाइ जहिले पनि आन्दोलन, ढुंगामुडा गर्न मात्र ओराल्ने, आदि इत्यादी गतिविधिका कारण विश्वविद्यालय अनि क्याम्पसहरुमा नियमित अध्यन हुन नदिने वातावरणले गर्दा अहिलेका युवाहरुको आकर्षण नेपाली विश्वविद्यालयमा दिनानु दिन कम हुनु ।
तेस्रो कारण :
रोजगारीको ग्यारेन्टी नहुनु – अथक मिहेनत अनि लगानी गरी अध्यन पश्चात कुनै पनि रोजगारीको ग्यारेन्टी नहुनु अर्को मुख्य कारण जसले गर्दा कक्षा १२ पछि अधिकांश विद्यार्थीहरु विदेशिन बाध्य हुनु ।
चौथो कारण :
त्रिभुवन विश्वविद्यालयको लापरबाही – नेपालको सबैभन्दा जेठाे अनि धेरै विद्यार्थी संख्या भएको विश्वविद्यालय जहाँ प्रत्येक वर्ष विद्यार्थी संख्यामा निरन्तर कमी भइरहेको छ । कारण त्रि.वि ले समयमा परीक्षा संचालन गर्न नसक्नु । परीक्षाफल प्राप्त गर्न १ वर्षदेखि डेढ वर्षसम्म कुर्नु पर्ने । विश्वविद्यालयमा चरम राजनितिक भागबन्डाका कारण शैक्षिक क्यालेन्डर लागु गर्न नसक्नु आदि । विश्वविद्यालयले समयमा नै आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसक्नु अनि नियमित रूपमा विश्वविद्यालय सेवा आयोगले परीक्षा नगराउनु जसले गर्दा योग्य अनि उर्जावान जनशक्ति विदेशिनु हो । उसले आफ्ना आंगिक क्याम्पसहरुमा पार्टीगत शिक्षक नियुक्ति गराइ अनि अनेक बहानामा आन्दोलन गरी करारमा पार्टीका झोले कार्यकर्ता भर्ना गराइ शैक्षिक गुणस्तर कम हुँदै जानु र नयाँ विद्यार्थीहरुको विश्वविद्यालय प्रति कम विश्वास अनि रुचिको फल स्वरुप विदेशिन बाध्य हुनु ।
पाँचौ कारण :
अभिभावक अनि स्वयम् विद्यार्थी ।
अभिभावकहरुको देखासेखीको कारण आफ्ना नानीबाबुहरुलाइ रिन पान गरिकन बाहिर अध्यन गर्न पठाउनु हो । छिमेकिको छोरा छोरी अष्ट्रेलिया गएछन् । अमेरिका गएछन् जस्ता अनावश्यक प्रतिस्पर्धाले पनि सहयोग गरिरहेछ । उता विद्यार्थी स्वयम् आफ्ना अग्रजहरु विदेशमा रहेका र उनिहरुले सामाजिक संजालमा राखेका तस्वीरहरु जस्तै समुन्द्रको घुमघाम, गाडीको सवारी आदि दृश्यले आकर्षण गरिरहेको हुन्छ । यिनै कारणले अभिभावकसंग अनावश्यक दबाव सृजना गरी बाध्य बनाइ विदेशिने गरेका छन् ।
यसबाट पर्ने असरहरु :-
यसरीनै प्रत्येक वर्ष विद्यार्थीहरु लाखौंको सङ्ख्यामा बिदेशीनुले देश भित्र रहेका कलेजहरु विस्थापित हुनु । विश्वविद्यालयमा चाँडै नै विद्यार्थी संख्या कम हुनेछ । जसको ज्वलन्त उदाहरण त्रि.वि लगायत अन्य विश्वविद्यालयहरु हुन् । त्यसैगरी देशको आर्थिक ढुकुटी रित्तिदै जानेछ साथै सयौं ब्यक्तिहरुले रोजगार गुमाउने छन्। त्यति मात्र नभई अत्यन्त सक्षम युवाहरु विदेश पलायन हुनु भनेको देश बिकासमा पुर्णविराम लाग्नु हो । तसर्थ सम्पुर्ण बौद्धिक जगत, अभिभावक, राजनितिज्ञहरु समयमा नै सचेत भइ छलफल गरी पार्टीभन्दा माथि उठि शिक्षा छेत्रमा आमुल परिवर्तनको लागि अघि बढ्नु जरुरी छ । त्यसैले देशको मुख्य ३ प्राथमिकता हुनु जरुरी छ ।
“शिक्षा, शिक्षा अनि फेरि शिक्षा “
(लेखक बागमती कलेज, काठमाडौँ का प्रिन्सिपल हुनु हुन्छ)
नारायण सिटौला 0 response बुधबार, जेष्ठ ३, २०८०

सम्बन्धित शीर्षकहरु
-
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३ -
काठमाडौंमा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार..
बिहिबार, बैशाख २४, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३
-
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३ -
काठमाडौंमा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार..
बिहिबार, बैशाख २४, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३



