

-
काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते भएको उपनिर्वाचनका सन्दर्भमा गठित मिडिया अनुगमन एकाइले आज निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको छ ।
उपनिर्वाचको विषयलाई लिएर आमसञ्चारका माध्यममा प्रकाशित र प्रसारित समाचारको अनुगमन गर्न आयोगले मिडिया अनुगमन एकाइ गठन गरेको थियो ।
प्रतिवेदनमा आमसञ्चार माध्यमले निर्वाचन गतिविधिलाई उच्च प्राथमिकता दिएको र आचारसंहिताको प्रभावकारी पालना भएको पाइएको उल्लेख छ । आगामी आवधिक निर्वाचनमा मिडिया अनुगमन सम्बन्धी आफ्नै संयन्त्र स्थापना गर्न सुझाव दिँदै एकाइले त्यस्तो अनुगमनका लागि प्रदेश र जिल्ला तहसम्म विस्तार गर्न उपयुक्त हुने सल्लाह दिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय भएको भनी राजनीतिक दल र उम्मेदवारबाट प्राप्त प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “निर्वाचनको परिणामपछि राजनीतिक दल र उम्मेदवारबीच देखिएको हार्दिकता र सद्भावले उपनिर्वाचन निकै स्वच्छ, स्वतन्त्र र मितव्ययी ढङ्गबाट सम्पन्न भएको भन्ने पुष्टि गरेको छ ।”
उपनिर्वाचका सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)बाट आएको टिप्पणीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले वास्तविकता भन्दा बाहिर गएर आएका टिका टिप्पणीले त्यस्ता संस्थाको मर्यादा बढन नसक्ने उल्लेख गर्नुभयो ।
एकाइका निर्वाचन आयोगका उपसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गोरखापत्र दैनिक, राष्ट्रिय समाचार समिति(रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधि हुनुहुन्थ्यो । उक्त एकाइले उपनिर्वाचनका सन्दर्भमा कार्यादेशअनुरुप मङ्सिर १ गतेदेखि काम गरेको थियो । रासस
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



