• काठमाडौं ।


    बेदबहादुर श्रेष्ठ, बिगत तीस बर्षदेखि व्यापार व्यवसायमा संलग्न छन् । छिमेकी मुलुक चीनसँग आयातनिर्यातको काम गर्ने श्रेष्ठ नेपालमा पनि बिभिन्न व्यवसायमा संलग्न छन् । स्थानीयरुपमा उद्योग व्यवसायको प्रबर्दन गर्नुपर्ने उदेश्य बोकेका श्रेष्ठले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको बिभिन्न पदमा रहेर काम गरेका छन् ।

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष बनेर यहाँको व्यापार व्यावसाय उत्थानका लागि ठूलो योगदान दिएका छन् । स्थानीय कृषि उद्योगदेखि चीनको नाका बाट हुने व्यावसायलाई व्यवस्थित पार्न श्रेष्ठको नेतृत्वमा धेरै काम भएका छन् । २०६४ सालदेखिनै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सदस्य बनेर संघमा कृयाशिल रहेका श्रेष्ठ सामाजिक काममा पनि उत्तिक्कै कृयाशिल रहेका कारण बेदवहादुर श्रेष्ठलाई जिताउन योजनानै बनाएर लागेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होेमबहादुर बस्नेत (राजकुमार ) ले बताए ।

    त्यसोत उद्योगी व्याबसायीको हित र प्रवद्र्धनमा लागेकै कारण जिल्ला नगर÷नगरकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार वनाएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठको भनाई छ ।


    २०६४ सालमा जिल्ला कार्यसमितिको सदस्य वनेका श्रेष्ठ २०७१ देखि २०७४ सम्म जिल्ला उपाध्यक्ष बने । २०७७ सालमा जिल्ला अध्यक्ष बनेका श्रेष्ठ अहिले पनि कोभिडदेखि बाढीपहिरो हुँदा पनि ब्यापारी व्यावसायीको हितका अनवरत खट्ने पदाधिकारीका रुपमा चिनिन्छन् ।


    नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्य पदको उम्मेदवार श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताए ।


    व्यवसायीहरुको समस्या समाधान गर्नको लागि सबल नेतृत्व चाहिएको उनको भनाई छ । बिगतमा गरेको कामको अनुभवले उम्मेदवारी बनाउन प्रेरित बनाएको श्रेष्ठको भनाई छ ।

    तरलताको समस्या समाधान गर्न प्रयास गरिएको छैन । रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार ल्याउँदैन तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको छ । अवको नेतृत्वले यसतर्फ काम गर्नुपर्ने उम्मेदवार श्रेष्ठको भनाई छ ।