

-
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि व्यवसायीले लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा यस क्षेत्रको समस्या समाधान गर्न आफूले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा खतिवडाले पर्यटकले मौलिक परम्पराका ती सामग्री खरीद गरेमा सम्बन्धित व्यवसायी लाभान्वित हुने विचार व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीले गुणस्तरीय सामान कम लागतमा उत्पादन गर्न आवश्यक पर्ने नीति निर्माण परिमार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यस क्षेत्रका उद्यमीले अब अन्तरराष्ट्रिय बजारको मागअनुसार प्रविधिको प्रयोग गरी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आन्तरिक बजारमा करीब रु १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेकाले यसको विकास गर्न सकेमा रोजगारी विकास भई देश समृद्ध बन्ने विचार राख्नुभयो । यही मङ्सिर १६ गतेसम्म हुने मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु राखिएका छन् । अमूर्त सांस्कृतिक सम्पदा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रतिनिधित्व गर्ने वेषभूषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमलाई मेलामा प्रस्तुत गरिएका छन् । स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ । यसले देशभर ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ । मेलामा सात प्याभिलियनसहित करीब २०० कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ । हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ । रासस
News Desk 0 response बिहिबार, मंसिर १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत
आइतवार, जेष्ठ १७, २०८३
-
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



