

-
भद्रपुर । कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘ड्रागन फ्रुट’ मात्र नभएर स्ट्रबेरी, मेवा र कागतीको पनि व्यावसायिक खेती गरिरहेको छ । यो खेती उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने हुँदा यहाँको माटो यसका लागि उर्वर रहेको प्रालिका व्यवस्थापक नवीन खनालले बताउनुभयो । हाल यहाँ अहिले ६ हजार बिरुवा हुर्किरहेका छन् । एक हजार ५०० वटा आठ फिटभन्दा अग्ला सिमेन्टका पोल लहरै गाडिएका छन् । एउटा सिमेन्टको पोलमा चार वटा लहरा हुर्किरहेका छन् । खेतीमा १५ जना स्थानीय कामदारले रोजगारी पाइरहेका छन् । गोल्यान समूहले ‘ड्रागन फ्रुट’ खेतीमा रु दुई करोडभन्दा बढीको लगानी गरिसकेको र अर्को वर्ष खेती विस्तार गरेर तेब्बर पार्ने योजना रहेको व्यवस्थापक खनालले बताउनुभयो । दाङ र काभ्रेमा पनि ‘ड्रागन फ्रुट’को खेती भइरहेको छ । यो फल विसं २०५७ मा पशु चिकित्सक डा जगन्नाथ राईले एक अमेरिकी इञ्जिनीयरमार्फत भियतनामबाट नेपाल भित्र्याएको मानिन्छ । खनालका अनुसार सिउडी हुर्किने गर्मी ठाउँमा यो फलको खेती हुन्छ । स्वास्थ्यका लागि लाभदायक १२ प्रकारका खनिज, पोषण र भिटामिन तत्वको मिश्रण पाइने भएकाले विश्वभर नै यसले महङ्गो मानिन्छ । एउटा सिमेन्टको पोलमा लहरिएका बोटबाट वर्षेनी २० देखि ३० किलोसम्म फल उत्पादन गर्न सकिने र यसको बजार मूल्य रु आठ सयदेखि रु एक हजारसम्म हुने बताइएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम र इनर्जी ड्रिङ्क पनि बनाउन सकिन्छ । रासस
News Desk 0 response बिहिबार, मंसिर १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३
-
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



