• काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । पछिल्लो समयमा विकसित समीकरणअनुसार सरकार विस्तार र समसामयिक विषयका सम्बन्धमा छलफलका गर्न पार्टी पदाधिकारी बैठक बसेको हो ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् । नेताहरुबीच सामूहिक रुपमा तथा दुई पक्षीय वार्ताहरु भइरहेका छन् । तर, सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन सकिरहेको छैन । यसले गर्दा प्रधानमन्त्रीले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् ।

    आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकले माओवादीको बटमलाइन तय गर्ने बताइएको छ ।