

-
बैतडी । जिल्लाको एक सामुदायिक विद्यालयले रू ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ । पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आम्दानी भएको हो । कक्षा ६ देखि ८ सम्म अध्यापन हुने ‘पेशा व्यवसाय र प्रविधि शिक्षा’ पाठ्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गर्दै आएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयस्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो । उत्पादित एक हजार ८५० प्याकेट मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायत बजारमा बिक्री गरिएको उहाँले बताउनुभयो । यसअघि उक्त विद्यालयले गत वर्ष पनि रू ५२ हजारको मैनबत्ती बिक्री गरेको थियो । मैनबत्ती बिक्रीबाट सङ्कलित रकम विद्यालयको गुणस्तर सुधारका लागि खर्च गरिने जनाइएको छ । उक्त विद्यालयले आफ्नो आर्थिक स्थिति सुधार तथा विद्यार्थीको पेशागत दक्षता हासिलका लागि प्रत्येक वर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ । निजी स्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न साहै्र गाह्रो भएकाले विद्यार्थीहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी रकम सङ्कलन गर्न थालिएको थियो । अविभावकको लगानीमा विभिन्न शैक्षिक सामग्री र बालउद्यानसमेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागजरहित विद्यालयका रुपमा परिचित छ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।रासस
News Desk 0 response सोमवार, कार्तिक १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


