

-
काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।
खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, नटिङ्घम फरेस्ट १४ अङ्क जोडेर १८औँ स्थानमा छ ।
यस्तै, गएराति नै भएको खेलमा एस्टन भिल्लाले टोटेनह्यामलाई हराएको छ । गएराति भएको खेलमा टोटेनह्याम २–० गोल अन्तरले पराजित भएको हो । एस्टन भिल्लाको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एकर एक गोल गरे । १२औँ स्थानमा रहेको एस्टन भिल्लाले १७ खेलमा २१ अङ्क जोडेको छ भने १७ खेलमै ३० अङ्क जोडेको टोटेनह्याम पाँचौँ स्थानमा छ ।
News Desk 0 response सोमवार, पुस १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


