

-
काठमाडौं : मच्छिन्द्र एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
शहीद स्मारक ुएु डिभिजन लिगको साविक विजेता मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै ुएु डिभिजन लिगको नवप्रवेशी टिम चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।
पहिलो हाफमै दुई गोलले पछि परेको मच्छिन्द्रले दोस्रो हाफमा भने केही सुधारिएको खेल प्रदर्शन गर्यो । चर्च ब्वाइजले खेलको २३ औँ मिनेटमा गोल गर्यो । अञ्जन विष्टले मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठमात्रै भएको अवस्थामा गरेको हेडरलाई किपरले बचाएका थिए । तर क्लियर हुन नसकेको बललाई आशिष चापागाँईले गोलमा परिणत गरे ।
चर्च ब्वाइजले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा दुई–शून्यको अग्रता बनायो । आशिष चापागाँईले मच्छिन्द्रका तीन जना डिफेन्डरको बीचबाट प्रहार गरेको बल गोलमा परिणत भयो ।
चर्च ब्वाइजले खेलको ६७ औँ मिनेटमा अर्को गोल थप्यो । आशिष चापागाँईको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे । खेलको ८९ औँ मिनेटमा मच्छिन्द्रका सौरभ सुब्बाले सान्त्वना गोल गरे । त्यसपछि थप गोल हुन नसकेपछि चर्च ब्वाइज तीन(एकले विजयी भयो । खेलमा चर्च ब्वाइजका आशिष चापागाँई म्यान अफ दि म्याच भए ।
भोलि सोमवार तेस्रो क्वाटरफाइनल खेलमा सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
News Desk 0 response आइतवार, पुस १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


