• कास्की : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।

    आज आइतवार बसेको प्रदेश संसदीय दलको बैठकले एमाले पार्टी सङ्गठन विभाग प्रमुख अधिकारीलाई संसदीय दलको नेता चयन गरेको हो । दलको नेता बनेसँगै उहाँलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

    ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् ।