

-
काठमाडौं : फिफा विश्वकपमा ‘गोल्डन बुट’ लाई निकै महत्त्वपूर्ण मानिन्छ। यो त्यस खेलाडीलाई दिइन्छ जसले विश्वकपमा सबैभन्दा बढी गोल गर्दछ।
कतारमा जारी विश्वकप २०२२ को खेल अहिले सेमिफाइनलसम्म पुगेको छ। यससँगै गोल्डन बुटको प्रतिस्पर्धा पनि रोमाञ्चक हुँदै गएको छ। यस अघि दाबेदार मानिएका धेरै खेलाडीहरु क्वाटरफाइनलबाट बाहिरिसकेका छन्। अहिले यस प्रतिस्पर्धामा केही सीमित खेलाडीहरु मात्र बाँकी छन्।
गत विश्वकपमा इङ्गल्याण्डका ह्यारि केनले ‘गोल्डन बुट’ पाएका थिए। उनले रसियामा भएको सन् २०१८ को विश्वकपमा ६ गोल गर्दै यो उपाधि जितेका थिए। अहिले कतारमा भइरहेको विश्वकपको ‘गोल्डन बुट’ प्रतिस्पर्धामा तीन जना खेलाडीहरु प्रमुख दाबेदार छन्।
१० कीलियन एम्बाप्पेः चालु विश्वपकमा ‘गोल्डन बुट’ को प्रमुख दाबेदार हुन् कीलियन एम्बाप्पे। उनले हालसम्ममा ५ खेलमा ५ गोल गरेका छन् भने २ गोलमा सहयोग गरेका छन्। यस विश्वकपमा अहिलेसम्म सर्वाधिक गोल गरेका एम्बाप्पे फ्रान्सका खेलाडी हुन्। उनले समूहचरणमा तीन गोल र एक सहयोग गरेका थिए भने नकआउट राउण्डमा २ गोल र एक गोलका लागि सहयोग गरेका थिए।
२० लियोनल मेस्सीः यस प्रतिस्पर्धाको दोस्रो स्थानमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रहेका छन्। उनले ५ खेलमा ४ गोल गरेका छन् भने २ गोलका लागि सहयोग गरेका छन्। उनले समूहचरणमा २ गोल गरेका थिए भने नकआउट र क्वाटरफाइनलमा एक एक गोल गरेका थिए।
३० ओलिभियर जिरुडः यस विश्वकपमा ‘गोल्डन बुट’ का तेस्रा दाबेदार हुन्। उनी फ्रान्सका खेलाडी हुन्। उनले हालसम्म ४ खेलमा ४ गोल गरेका छन् भने कुनै गोलका लागि सहयोग गरेका छैनन्। एसिस्ट नगरेका कारण उनी तेस्रो स्थानमा परेका छन्।
सेमिफाइनल अघिसम्म यस विश्वकपमा तीन गोल गरेकाहरु पनि ‘गोल्डन बुट’ को दाबेदारका रुपमा लिइएका थिए। तर, हालसम्म तीन गोल गर्ने खेलाडीहरु सबै विश्वकपबाट बिहिरिसकेका छन्।
सेमिफाइनलमा पुगेका ८ राष्ट्रमध्ये क्रोएशिया र मोरोक्कोका एक एक खेलाडीले दुई गोल गरेका छन्। क्रोएशियाका आन्ड्रेज क्रमारिक र मोरोक्कोका योसुफ एन नेस्रीले दुई गोल गरेका हुन्।
News Desk 0 response आइतवार, मंसिर २५, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


