

-
काठमाडाै । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गर्नुभएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष पन्तले जीत आफ्नो मात्र नभएर सबै गैरआवासीय नेपालीको भएको प्रतिक्रिया दिनुभयो । सबैलाई एकताबद्ध बनाएर लैजानेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । बिहीबार बिहान १०ः०० बजेदेखि शुरु भएको मतदान दिउँसो ४ः०० बजेसम्म भएको थियोे । बिहीबार रातिदेखि शुरु भएको मतगणना आज अपराह्न सम्पन्न भएको थियो । यसैगरी उपाध्यक्षमा डा बद्री केसी एक हजार १६१, अर्जुकुमार श्रेष्ठ एक हजार २६, मनकेसी ९६१ र सोनाम लामा ८९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सङ्घको महिला उपाध्यक्षमा रविना थापा एक हजार २३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा हेमराज शर्माले एक हजार १३९, सचिवद्वयमा गौरीराज शर्मा ९१६ र आरके शर्मा ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ एक हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल एक हजार १८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक (अफ्रिका)मा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिकाज्)मा राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक (अमेरिकाज्)मा रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक (अमेरिकाज्) मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक (अमेरिकाज्) मा विमला सापकोटा निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (एशिया प्रशान्त) गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (एशिया प्रशान्त) खगेन्द्र न्यौपाने र पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक (एशिया प्रशान्त) अमृता थापा क्षेत्रीय युवा संयोजक (एशिया प्रशान्त) दीपकप्रसाद कँडेल निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (मध्यपूर्व)मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व)मा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल क्षेत्रीय महिला संयोजक (मध्यपूर्व) सुमित्रा देवी पौडेल, क्षेत्रीय युवा संयोजक (मध्यपूर्व)मा राजु रेग्मी निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (युरोप)मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक (युरोप)मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुर निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (ओसियाना)मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक (ओसियाना) नवीन कँडेल, क्षेत्रीय महिला संयोजक (ओसियाना) जानकी पौडेल र क्षेत्रीय युवा संयोजक (ओसियाना) राजकुमार थपलिया निर्वाचित हुनुभएको छ । निर्वाचनमा करीब दुई हजार ३०० मत खसेको थियो । गत असोज २८ गतेदेखि सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको हो । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी हुनुहुन्थ्यो । तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी थिए । रासस
News Desk 0 response शुक्रबार, कार्तिक १, २०७६

सम्बन्धित शीर्षकहरु
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


