• काठमाडौं । ब्राजिल र क्रोएसिया विश्व कपको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
    आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।

    नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा एकरएक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

    त्यस्तैगरि जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा तीन(एकले हरायो ।

    यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।

    टाइब्रेकरमा क्रोएसिया ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।