

-
काठमाडौं : विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो ।
समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरियाको समान १ अङ्क छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेसँग खेल्नेछ ।
यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम १६ मा पुगेको छ । ब्राजिलका क्यासेमिरोले खेलको ८३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गोलले हराएको थियो ।
समूह ‘जी’ मा ब्राजिलले २ खेलमा ६ अङ्क जोडेको छ । यो समूहमा स्विट्जरल्यान्डको २ खेलमा ३ अङ्क तथा क्यामरुन र सर्बियाको समान १ अङ्क छ । हिजो भएको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेलेका छन् । कतारमा चलिरहेको विश्व कप फुटबलमा यसअघि नै फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ।
News Desk 0 response मङ्लबार, मंसिर १३, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


