

-
काठमाडौं : न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार सिड्नीमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायो ।
न्युजिल्यान्डले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र मोहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनायो । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिए ।
टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । यी दुई टिमबीच अहिलेसम्म चार वटा सेमिफाइनल खेलमा भेट भएकोमा चारै पटक पाकिस्तानले जितेको छ ।
यसैबीच दोस्रो सेमिफाइनलमा भोलि बिहीवार भारत र इङ्ग्ल्यान्डबीच खेल्दै छन् । फाइनल खेल आउँदो आइतवार पौने २ बजे सुरु हुनेछ ।
News Desk 0 response बुधबार, कार्तिक २३, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


