

-
काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबारदेखि डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालनमा ल्याएको छ । पाइलट प्रोजेक्टको पहिलो दिनमै डिजिटल मुद्रा (इ–रुपी) बाट २ अर्ब ७५ करोड भारतीय रुपैयाँ (भारु) बराबरको कारोबार भएको इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ । प्रोजेक्टको पहिलो दिन कुल ४८ वटा कारोबार भएको थियो । आरबीआईले पहिलो चरणमा ‘होलसेल सेगमेन्ट’ का लागि डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालनमा ल्याएको हो ।
जसअन्तर्गत प्रारम्भिक चरणमा सरकारी धितोपत्रहरुको कारोबार सेटलमेन्टका लागि डिजिटल रुपैयाँको प्रयोग गरिएको छ । पहिलो दिन भएकोले केही तरल बन्डहरुको कारोबार मात्र ‘केन्द्रीय बैंक डिजिटल करेन्सी’ मार्फत सेटल गरिएको छ । करिब ५० वटा सरकारी बन्डहरुको २ अर्ब ७५ करोड भारु बराबरको कारोबार डिजिटल रुपैयाँबाट सेटल भएको हो । पाइलट प्रोजेक्टको पहिलो दिन डिजिटल रुपैयाँबाट त्रुटिरहित कारोबार भएको भारतीय रिजर्भ बैंकले जनाएको छ ।
आरबीआईले डिजिटल रुपैयाको खुद्रा संस्करणको पाइलट प्रोजेक्ट पनि आगामी एक महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी गराएको छ । जसअन्तर्गत सर्वसाधारणहरुले पनि डिजिटल रुपैयाँबाट कारोबार गर्न सक्नेछन् । डिजिटल रुपैयाँ (इ–रुपी) को थोक प्रयोजनको पाइलट प्रोजेक्टमा स्टेट बैंक अफ इन्डिया, बैंक अफ बरोदा, युनियन बैंक अफ इन्डिया, एचडीएफसी बैंक, आइसीआइसीआई बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आइडीएफसी फर्स्ट बैंक र एचएसबीसी सहभागी रहेका छन् ।
News Desk 0 response बुधबार, कार्तिक १६, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



