

-
काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ समूह ‘१’ मा आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदैछ । आज हुने पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् ।
त्यस्तै दोस्रो खेलमा दिउँसो पौने दुई बजे घरेलु टोली अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुनेछ । आजका दुई वटै खेल मेलवर्नमा हुँदैछ।
हिजो भएको खेलमा पाकिस्तान जिम्बाबेसँग १ रनले पराजित भयो । भारतले नेदरल्यान्डलाई ५६ रनले हराएको थियो भने दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड २ खेलमा ३ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का, इङ्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारकासाथ २र२ अङ्क जोडेका छन् । नेटरनरेटको कारण श्रीलङ्का दोस्रो, इङ्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा छन् ।अफगानिस्तान २ खेलमा १ अङ्ककासाथ पुछारमा छ । सुपर १२ को समूह ‘२’ मा भारत २ खेलमा ४ अङ्ककासाथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्ककासाथ दोस्रो स्थानमा छ।
जिम्बाबे दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन अङ्ककासाथ तेस्रो स्थानमा छ । बङ्लादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड अङ्कविहीन हुँदै अन्तिममा छन्।
News Desk 0 response शुक्रबार, कार्तिक ११, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


